अमेरिकाबाट गुनासो लिएर आए हरि

डिसी नेपाल
१३ पुष २०७८ ७:४४

अमेरिका।   नेपालीभाषी भुटानी श्रष्टा हरि उप्रेती गुनासो नामक गजल संग्रह लिएर पाठकमाझ आएका छन्। उनको गजलको सो पुस्तक २६ डिसेम्बरमा एक समारोह बीच ओहायो राज्यको रेनोल्ड्स्बर्ग शहरमा बिमोचन गरियो।

नेपालीभाषी भुटानी समुदायका स्थानीय समाजसेवी आर.के उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा भुटानी नेपाली कवि, लेखक, गीतकार साहित्यकार पूर्ण नरजाली जलन, गंगाराम लामिटारे, धर्मेन्द्र तिम्सिना क्षितिज, गीतकार आर.बी खड्का, शेखर कोइराला, बि बि पौडेल, आभीनास थापा, सुसन माझी, विनोद उप्रेती, भमि ढकाल, आभास, श्याम गौतम, कमल सुवेदी लगायत उपस्थित थिए।

त्यसैगरी गायक अर्जुन रसाईली, गायिका सुचिता गुरूंगलगायतको उपस्थिति थियो। मातृभाषा संरक्षण समूह र कोलम्बस साहित्यिक मन्चको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सर्जकहरूले रचना वाचनका साथै कृतिकारको साहित्यिक योगदानको चर्चा गरिएको थियो। युनिभर्सल बुक, काठमाडौले प्रकाशन गरेको यो गजल संग्रहमा ९० गजल संग्रहित छन्।

उप्रेतीको यो तेस्रो कृति हो। यस अघि करुणा गीती एल्वम र कविता, मुत्तक र गजल संग्रहित अडियो बुक मनका तरेली ल्याएका थिए। गीतकार/गजलकार उप्रेतीले मुर्चुङगा, धनवान, डोली, आकाशे खेती, नालापानी, आधी तुफान २, वीर बहादुर दंग पर्छ, टिनएज, डन २ लगायत २ दर्जन नेपाली चलचित्रमा गीत लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *