चार दिनमा अमेरिका र युरोपमा साढे ११ हजार उडान रद्द

डिसी नेपाल
१३ पुष २०७८ १०:२७
328
Shares

न्युयोर्क। कोभिड संक्रमण तह उच्च विन्दुमा पुगेपछि युरोप र अमेरिकाका विभिन्न राज्यमा गरी ११ हजार ५०० उडान रद्द हुनुका साथै १०औं हजारभन्दा बढी उडानमा ढिलाई भएको छ। कोभिड संक्रमण बढेपछि शुक्रबारदेखि सोमबारको अवधिमा यति ठूलो संख्यामा हवाई उडान प्रभावित भएको हो।

उडान रद्द हुँदा विशेष गरेर क्रिसमसको अवसरमा छुट्टी मनाउन जाने र घर फर्किने लाखाैं मानिसहरु प्रभावित भएका छन्। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण युरोपका अधिकांश देशमा नयाँ प्रतिबन्ध घोषणा गरिएका छन्।

विश्वमा हवाइ उडानसम्बन्धी अभिलेख राख्ने फ्लाइटअवेरका अनुसार सोमबार मात्र ३ हजार उडान रद्द भएका थिए । कोभिड संक्रमणका कारण अमेरिकाको यात्रा अस्तव्यस्त भएपछि आइसोलेसन अवधि १० बाट घटाएर पाँच दिन बनाइएको छ।

पछिल्लो समयमा अमेरिका र युरोपमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणका कारण अमेरिकाका कोभिड अस्पताल भरिएको भन्दै राष्ट्रपति जो बाइडेनले सचेत हुन आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *