भारतको अदालतमा विष्फोट गराउने मुख्य योजनाकार जर्मनीबाट पक्राउ

डिसी नेपाल
१३ पुष २०७८ १०:३१
5.1k
Shares

काठमाडौं। भारतको पंजाबको लुधियाना अदालतमा भएको विष्फोटका मुख्य योजनाकार पक्राउ परेका छन् । जर्मनी पुलिसले प्रतिबन्धित संगठन सिख फर जस्टिससँग आबद्ध आतंकवादी जसविन्दर सिंह मुल्तानीलाई हिरासतमा लिएको छ । जसविंदर सिंह नै लुधियाना अदालतको विष्फोटको मुख्य योजनाकार भएको बताइएको छ । जसविंदरले दिल्ली र मुम्बइमा पनि आक्रमणको योजना बनाइरहेका थिए ।

४५ वर्षका जसविन्दर एसएफजेका संस्थापक गुरपतवंत सिंह पन्नुका निकट मानिन्छन् । जसविंदरमाथि कथित रुपमा पृथकतावादी गतिविधिमा संलग्न रहेको आरोप पनि छ । जसविंदरले नै सिन्धु बोर्डरमा किसान नेता बलवीर सिंह राजेवालको हत्याको योजना बनाएका थिए । यसको लागि जीवन सिंह नामका व्यक्तिलाई काम दिइएको थियो । तर, दिल्ली पुलिसको स्पेसल सेलले जीवन सिंहलाई पक्राउ गरेको थियो ।

यही क्रममा पहिलो पटक मुल्तानीको नामको खुलासा भएको थियो । स्पेसल सेलले यसको जानकारी केन्द्रीय एजेन्सीहरुलाई दिएको थियो । जीवन सिंहको मोवाइलबाटै उनी मुल्तानीको सम्पर्कमा रहेको र मुल्तानी जर्मनीमा रहेको खुलासा भएको थियो । सूत्रका अनुसार २ दिन पहिले रअको टिम जर्मनीमा मुल्तानीको फ्ल्याटमा गएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *