यसरी सफलतापूर्वक खोलियो मिस्रका राजाको ३५०० वर्ष पुरानो ममी, खुले कैयौं रहस्य

डिसी नेपाल
१४ पुष २०७८ १३:३२

काठमाडौं। मिस्रले आफ्ना राजा फाराओ अमेनहोतेप प्रथमको ममी डिजिटल तरिकाले खोल्ने काममा सफलता हासिल गरेको छ । ३५०० वर्ष पुरानो यो ममीलाई पहिलो पटक १९८१ मा फेला पारिएको थियो । अहिले राजाको शवलाई उनको ममीबाट बाहिर निकालेर त्यसको अध्ययन गरिएको हो । अध्ययनमा शताब्दीऔं पुराना रहस्य खुलेका छन् ।

एड्भान्स्ड डिजिटल थ्रीडी इमेजनरी प्रविधिको प्रयोग गरेर ममीको अध्ययन गरिएको हो । यो अध्ययनबाट फाराओको ममी गाड्ने प्रविधि अन्य ममीहरुको भन्दा पूरै फरक र नयाँ भएको खुलासा भएको छ । राजा फाराओ अमेनहोतेप प्रथमले मिस्रमा इसा पूर्व १५२५ देखि १५०४ सम्म शासन गरेका थिए । द गार्डियनका अनुसार मिस्रको पर्यटन तथा पुरावशेष मन्त्रालयले मंगलबार एक बयानमा यो शोधको नेतृत्व काहिरा विश्वविद्यालयमा रेडियोलोजीकी प्रोफेसर सहर सलीम र मिश्रका प्रसिद्ध वैज्ञानिक जाही हवासले गरेको बताएको छ ।

बयानमा भनिएको छ ‘सलीम र हवासले उन्नत एक्स रे प्रविधि, सिटी स्क्यानिङका साथै उन्नत कम्प्युटर सफ्टवेयर प्रोग्राम को प्रयोग गरेका थिए ताकि ममीलाई नछोइ एक सुरक्षित र गैर आक्रामक तरिकाले अमेनहोतेप प्रथमको ममीलाई डिजिटल रुपले खोल्न सकियोस् । मिस्रमा भएको यो अध्ययनले पहिलो पटक राजा अमेनहोतेपको अनुहार, उनको उमेर, स्वास्थ्यको स्थिति साथमा ममीको अनौठो ममीकरण र त्यसलाई फेरि गाड्नु समेत कैयौं रहस्यको खुलासा गरेको छ ।’

शोधको विश्लेषणबाट थाहा भएको छ कि अमेनहोतेप प्रथम पहिलो फाराओ राजवंशका राजा थिए जसलाई हतियारको साथमा ममीमा गाडिएको थियो र राजवंशका अन्तिम राजा थिए जसको मस्तिस्कलाई टाउकोबाट हटाइएको थिएन । फाराओले आफ्नो २१ वर्षको शासनमा कैयौं सैन्य अभियान चलाएका थिए । सिटी स्क्यानबाट यो पनि थाहा भएको छ कि उनको मृत्यु चोट वा रोगका कारण ३५ वर्षको उमेरमा भएको थियो ।

दक्षिणी मिस्रको लक्सरमा खोजिएको यो ममी एकमात्र यस्तो ममी हो जसलाई कपालले जस्तै घेर्ने फूलका मालाहरु र उनको मास्कलाई संरक्षित गर्न लगाइएको टाइट ब्याण्ड पुरातत्वविदहरुले खोलेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *