बंगलादेशमा गर्मीले मानिसहरू बेहाल, विद्यालय र कलेज बन्द हुँदा ३.३ करोड विद्यार्थी प्रभावित
काठमाडौं । चर्को गर्मीका कारण बंगलादेशमा विद्यालय र कलेज बन्द गरिएको छ । यो निर्णयले लगभग ३.३ करोड विद्यार्थीहरूलाई असर गर्नेछ।
बंगलादेशको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ । यसपछि विद्यालय तथा कलेजहरु अप्रिल २७ गतेसम्म बन्द रहने घोषणा गरिएको छ ।
अत्यधिक गर्मीका कारण प्रशासनले यस्तो निर्णय गरेको यो लगातार दोस्रो वर्ष हो ।
“बंगलादेशका बालबालिकाहरू संसारमा सबैभन्दा गरिब छन् र गर्मीका कारण विद्यालयहरू बन्द हुनु हाम्रा लागि खतराको घण्टी हो,” बंगलादेशमा सेभ द चिल्ड्रेनका निर्देशक सुमन सेनगुप्ताले भने।
बुधबार देशभरका हजारौं मुस्लिम मस्जिद र मैदानमा भेला भए र वर्षाको लागि प्रार्थना गरे।
इस्लामिक धर्मगुरु अबु युसुफले समाचार एजेन्सी एएफपीलाई भने, “कम वर्षाका कारण जनजीवन असह्य भएको छ। मानिसहरूले धेरै सहनु परेको छ।”
बंगलादेशको मौसम विभागले यो प्रचण्ड गर्मी कम्तिमा एक साता जारी रहने अनुमान गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment