मध्यराति भूकम्पको धक्का

डिसी नेपाल
१५ पुष २०७८ ८:५२
1.9k
Shares

बैतडी। बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *