मर्सिडिज बेन्ज कारको विज्ञापनले ठूलो बबाल भएपछि अन्ततः पछि हट्यो कम्पनी

डिसी नेपाल
१५ पुष २०७८ १३:५२

काठमाडौं। विलासी कार निर्माता कम्पनी मर्सिडिज बेन्जको एक विज्ञापनका कारण चीनमा बबाल मच्चिएको छ । विज्ञापन चीनको सामाजिक संजाल वेबोमा देखाइएको थियो । त्यसपछि मोडलको लुकलाई लिएर आपत्ति जनाइएको हो । ‘छड्के आँखावाली’ लुकमा देखिएकी मोडलको विषयलाई लिएर चीनको सत्ताधारी कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले यस विषयमा चीनमा आक्रोश भएको बताएको छ ।

टाइम्सका अनुसार चीनमा यो विज्ञापन देखिएपछि यसले ‘मोडलको मेकअपले एसियालीहरुको बारेमा पश्चिमका रुढीवादी सोचलाई दर्शाउने’ बताइएको छ । आपत्तिपछि मर्सिडिज बेन्जले विज्ञापनको भिडियो वेबो एपबाट हटाएको छ । कथित रुपमा छड्के आँखा र धेरै मेकअप गरेकी मोडलको विज्ञापनले विदेशी फर्महरुले एसियाली मानिसहरुको चित्रणका विषयमा बहस सुरु गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार मर्सिडिज बेन्जको विज्ञापन २५ डिसेम्बरमा वेबोमा पोस्ट गरिएको थियो । विज्ञापनमा मोडलको झुकेको र छड्के नजर र मेकअपलाई नेटिजेनहरुले एसियाली मानिसहरुको बारेमा सही मानेनन् । यो विवादपछि मर्सिडिजले विबो अकाउन्टबाट विज्ञापन हटाएको छ । यसअघि पनि चिनियाँ स्न्याक्स रिटेलर थ्रि स्क्वायरल्स पनि विज्ञापनको विषयमा विवादमा परेको थियो । यसमा पनि साना आँखा भएका मोडललाई देखाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *