आगलागीबाट दश लाखको क्षति

डिसी नेपाल
१५ पुष २०७८ १५:५५

काठमाडौं।सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट रु दश लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को घरमा विद्युत सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो ।

आगलागीबाट औषधि, दुई गोरु, पाँच बाख्रा, ल्यापटप, साइकल, अन्न, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *