भुटानको रेडियो, नेपाली गीत र अमेरिकाबासी अम्बर सुब्बाको कथा

ऋषिराम कट्टेल
१८ पुष २०७८ ७:५७
2.3k
Shares

कोलम्बस/ओहायो । पुर्बी नेपालको झापाको बेलडाँगी शरणार्थी शिविरमै बस्दाअम्बर तुम्बापो सुब्बाको रुमानी सपना थियो गायक/संगीतकर्मी बन्ने। तर सोचे जस्तो सहज थिएन। शिविर भित्र अभावको चाङ थियो।

मुख्य कुरा त आफ्नो देशै छाडेर अनागरिक बन्न विवस थिए उनी। आफ्नो परिवारको आबश्यकता पूरा गर्न काम गर्नु प¥यो त्यो संप्तरंगी सपना त्यागेर। नेपालीमा एउटा कविताको अंश निकै प्रख्यात छ, ‘ढुंगाको काप फोरेर पनि उम्रिन्छ पिपल।’ चरम दुख, पीडा, पीर, सघर्ष, अनिश्चिताकाबीच उनले त्यसैगरी सपनालाई पछ्याए, अनि संगीतको बाटो खने त्यो कठिन परिवेशमा।

त्यसैले त बग्रेल्ती दुखकष्ट झेल्दै शरणार्थी शिविर भित्र देखेको सपनामा रमाइरहेका छन् उनी आज। त्यही सपनालाई मुर्त रुप दिँदै संगीतमार्फत सात समुन्द्रपारिको देश अमेरिकाबाट सांगीतिक धुनमार्फत नेपाली मनमा छन्। ‘दुख, सघर्ष, अनिश्चित भविष्यकाबीच संगीतमा देखेको सपना अहिले मूर्त रुप लिँदैछ’, अम्बरले सगर्व सुनाए, ‘भुगोलमा जहाँभए पनि मन, इच्छाशक्ति, साधना सबै भन्दा ठूलो कुरा रहेछ।’

जीवनका १७ औं वसन्त शरणार्थीको रुपमा जीवन बिताएका अम्बर तुम्बापो सुब्बा अहिले अमेरिकामा भुटानी नेपाली समुदायमाझ अब्बल संगीतकारका रुपमा दरिएका छन्।

जातीय सफायाको नाममा भुटानी सरकारले दक्षिण भुटानमा नेपालभाषी भुटानी (ल्होत्साम्पा) माथि अन्याय अत्याचार र दमनको सीमा नाघेपछि भारत हुँदै पुर्खाको देश नेपाल आए जन्मथलो चिराङ जिल्लाको चिगाउँबाट। जीवनका १७ औं वसन्त शरणार्थीको रुपमा बिताएर सन २००८ मा संयुक्त राज्य अमेरिका आएका थिए।

अमेरिका आएपछिका पछिल्ला बर्षहरुमा संगीतमा सक्रियता बढ्दो छ। विगत आधादशकदेखि आफ्नो संगीतको शिल्पलाई अझ सशक्त रुपमा अगाडि बढाइरहेका छन्।
सिर्जनाको गुणबत्ताले भुटानी नेपाली समुदायमाझ अब्बल संगीतकार रुपमा त दरिएका छन नै नेपाली गीतसंगीतमा क्षेत्रमाथि संगीत शिल्पीको उपस्थिति प्रशंसनीय छ।

हिजो आज एकपछि अर्को उत्कृष्ट सिर्जना यहीबाट संगीतका पारखीमाझ पस्किरहेका छन उनी। नेपालीभाषी भुटानी समुदायका अगुवा तथा भुट्नीज कम्युनिटी एसोसियसन अफ एक्रोनओहायोका अध्यक्ष मनोरथ खनाल भन्छन्, ‘नेपालीभाषी भुटानी समुदायका थोरै आइडल मध्येका एक अम्बरले तेस्रो देशमा आएर नेपाली संगीतमा दिएको योगदान साच्चिकै उदाहरणीय छ।’

उनको भनाइमा संगीतमार्फत सबै नेपालीलाई एउटै मालामा उन्ने काम गरिहेका छन् उनले। अम्बर यसअघि ओहायोको एक्रोन शहरमा बस्ने नेपालीभाषी भुटानीको संस्था भुट्नीज कम्युनिटी एसोसियसन अफ एक्रोनको अध्यक्ष थिए। एक्रोनमा १० हजार हाराहारीमा नेपालीभाषी भुटानी रहेको बताइन्छ।

अम्बर यसअघि ओहायोको एक्रोन शहरमा बस्ने नेपालीभाषी भुटानीको संस्था भुट्नीज कम्युनिटी एसोसियसन अफ एक्रोनको अध्यक्ष थिए। एक्रोनमा १० हजार हाराहारीमा नेपालीभाषी भुटानी रहेको बताइन्छ।

सुब्बा अमेरिकामा फुलटाइम जागिर खान्छन्। ओहायो राज्यको समिट काउन्टी (एक्रोन शहर)को जब एण्ड फ्यमीली सर्भिसेजमा रहेर सरकारी जागिरमा आबद्ध उनको सक्रियता जागिरसँगै संगीत पनि छ।

‘अमेरिकाको ब्यस्त दैनिकीबीच फुर्सद भयो कि गीत संगीतको काममा लागिहाल्छु’, ओहायो राज्यको एक्रोन शहर नजिकैको कायाहोगाफल्समा विगत १३ वर्षदेखि बस्दै आएका उनी फुर्शद पायो कि हारर्मोनियम समातेर गीत गाउँछन्, संगीत सिर्जना गर्छन् अनी शब्द कोर्छन्। ‘यो क्षेत्र नसा जस्तै भयो, काम गर्दागर्दै धुन फुर्छ त्यसमा शब्दपछि कोर्छु र फुर्सदमा पूरा गर्छु,’ उनी भन्छन्, ‘अरुको कामभने प्राय सप्ताहान्तमा गर्ने गर्छु।’

पिरती त, यस्तो पनि, जलेर मुटुलगायतका केही गीतमा स्वर भरेका अम्बरको मुख्य पहिचान भनेको संगीत सिर्जना नै हो। उनले अम्बर, प्रज्वल जस्ता एकल एल्बममा संगीत भरेका छन्। जलेर मुटु, हिँड्दा हिँड्दै, सानीमा सानी, बिर्सी दिन्छु,, डोको नाम्लो, मोहनीमन्तरजस्ता आधुनिक गीत लोकप्रिय छन्।

आधुनिकसँगै केही पप, लोक ‘बेस’का गीतमापनि धुन भरेका छन्। ३ महिनाअघि भ्वाइस अफ नेपाल  किरण गजमेरमा स्वरमा उनले संगीत भरेको मोहनी मन्तरले ११ लाखले भिडियो हेरेका छन्। उनको संगीतमा उदय सोताङ, सत्य स्वरुपराज आचार्य, राजेश पायल राई, शिव परियार, सन्तोष लामा, कर्म ग्याल्छेन बम्जन, मेलिना राई किरण गजमेर, मेघा श्रेष्ठलगायतका गायक गायिकले स्वर भरेका छन्।

बेलडाँगीमा स्कुल पढ्दै गर्दा १९९६/९७ तिर संगीतको राग अलंकार सिकेका थिए मोरङ उर्लाबारीको मुनलाईट संगीत स्कुल धाएर। आफ्ना दमालेसँग मिलेर डु्रकएलि नामक संगीतको ब्याण्ड बनाएर गीत गाउँदै हिडँथे। जसमा छवि न्यौपाने, महेन्द्र सुब्बा, गंगा राई, हरि सुजीजस्ता साथी थिए। यीमध्ये कतिपय अझै गीत संगीत क्षेत्रमै छन्।

एक्रोन शहर नजिकैको कायाहोगाफल्समा विगत १३ वर्षदेखि बस्दै आएका उनी फुर्सद पायो कि हारर्मोनियम समातेर गीत गाउँछन्, संगीत सिर्जना गर्छन् अनी शब्द कोर्छन्। ‘यो क्षेत्र नसा जस्तै भयो, काम गर्दागर्दै धुन फुर्छ त्यसमा शब्दपछि कोर्छु र फुर्सदमा पूरा गर्छु।

पछि साइन्स पढ्न काठमाडौ आए त्रिचन्द्र क्याम्पसमा। क्याम्पसमा बिएस्सीको पढाइसँगै शास्त्रीय संगीतका गुरुद्वय गुरु देब कामत र प्रकाश गुरुङसग काठमाडौको गुरुकुल संगीत पाठशाला र साधना कलाकेन्द्रबाट संगीत तिखार्न थाले। संगीतसँगको प्रगाढता बढ्दै गयो।

संगीत सिक्दै गर्दा सुरनाम एल्बम निकाले साथीहरुसँग मिलेर। त्यसपछि संगीतका काम धेरै आउन थालेका थिए। २००९ मा तेस्रो देश पुनर्वास कार्यक्रममार्फत अमेरिका आए। भन्छन्, ‘त्यहीँ थिए“ भने त्यही संगीतको माहोल÷वातावरण थियो भने अझै निकै नै गरिन्थ्यो जस्तो लाग्छ, यद्यपि यहाँबाट पनि सक्दो काम गरिहेको छु त्यो सिकाइ अविराम स्रोत बनेको छ।’

उनमा संगीतप्रतिको रस भुटानदेखि नै थियो। उनी सानै हुँदा भुटानको रेडियो भुटान ब्रोडकाष्टिङ सर्भिसले साताको २ घण्टा नेपाली गीत बजाउँथ्यो। त्यो बेला उनका नजिकैको आफन्त प्रताप सुब्बाका गीत बज्थ्यो। ‘म पनि गाउन पाए त भने जस्तो लाग्थ्यो तर त्यतिबेला रेडियो गीत गाउनु सपना जस्तै थियो’, उनी सुदूर अतीततर्फ फर्किन्छन्।

भुटानमा औपचारिक रुपमा नेपाली गीत गायक प्रताप सुब्बाले शुरु गरेका थिए। गीत संगीत नेपालभाषी भुटानीका पायनियर सुव्वाले सन् १९७८ मा मायालुको मुस्कान मिठो बोलको गीत रेडियो नेपालमा गाएका थिए। १९८८ मा एल्वमबन्धनको चिनो ल्याएपछि चर्चित बनेका उनले भुटानको रेडियो भुटान ब्रोडकाष्टिङ सर्भिसमा सुपरहिट भएको थियो। ‘त्यसले नै खासमा संगीततर्फ सानैमा मोहित बनेको थिएँ’ अमर सम्झन्छन्।

नेपाली संगीतमा नातिकाजी र न्ह्यु बजचार्य र स्वरमा प्रेमध्वज प्रधान, भक्तराज आचार्य, र नारायण गोपालको असली फ्यान सुब्बा संगीतले संसारभरका नेपालीलाई जोडिरहेको बताउँछन्। उनी सगर्व भन्छन्,‘संगीतको भौगोलिक सीमा हुँदैन, विश्वमा छरिएर रहेका नेपालीलाई जोड्ने काम पनि गरिरहेको छ।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *