सर्लाहीमा मोटरसाइल दुर्घटना हुँदा तीन जनाको मृत्यु

डिसी नेपाल
१८ पुष २०७८ १३:४१

सर्लाही। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सर्लाहीको सागरनाथ जंगलमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–१० दसबिघा बस्ने वर्ष २२ वर्षिय अरुण सिंह, २० वर्षिय श्रगम बिक र रोहन सिंह रहेका छन्।  उनीहरुको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इश्वरपुर नगरपालिका–३ बयलबास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगलमा बयलबास तर्फ जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोकिएर बाटो भन्दा १० मिटर तल खसेको थियो ।

मोटरसाइकलसहित तीनजना लडेको अवस्थामा देखेपछि स्थानीयले आइतवार विहान प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनाको समय र कारण खुल्न नसकेपनि मादक प्रदार्थ सेवन अथवा बाक्लो हुस्सुले मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक तीनैजनाको शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *