दुई कम्पनीको सेयर मूल्य समायोजन

डिसी नेपाल
२० पुष २०७८ ८:५६

काठमाडौं। दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन हुनेमा सिभिल बैंक र रिलायन्स फाइनान्स रहेका छन्।

सिभिल बैंकको ५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। समायोजनपछि सेयर भाउ २४५ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। समायोजनपछि फाइनान्सको सेयर भाउ ४५२ रुपैयाँ १७ पैसा निर्धारण भएको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *