ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार जना घाइते

डिसी नेपाल
२० पुष २०७८ १०:४७

कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ। लु ४ त २४०२ नम्बरको ट्याक्टर म‌गलबार बिहान ७ बजे दुर्घटना भएको थियो।

मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए।

बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दुर्घटना भएकाे हाे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *