फरहान अख्तरले यही महिना बिहे गर्दै, यी हुन् उनकी हुनेवाली बेहुली

डिसी नेपाल
२० पुष २०७८ १२:२१

काठमाडौं। बलिउड अभिनेता फरहान अख्तरले यसै महिना बिहे गर्ने भएका छन् । उनले आफ्नी गर्लफ्रेण्ड तथा अभिनेत्री शिवानी दांडेकरसँग बिहे गर्न लागेकी हुन् । यी दुईले आगामी मार्च महिनामा भव्य विवाह गर्ने तयारी गरेका थिए । तर, कोरोनाको बढ्दो प्रकोपका कारण उनीहरुले यसै महिना बिहे गर्ने तयारी गरेका छन् ।

बलिउड लाइफलाइ बलिउडको सूत्रले दिएको जानकारी अनुसार फरहान र शिवानीले मुम्बइमा मार्चमा लेविश वेडिङको तयारी गरिरहेका थिए । तर, कोरोनाको बढ्दो खतरा र कैयौं बलिउड सेलिब्रेटी कोरोनाबाट संक्रमित भइरहेको देखेपछि उनीहरुले आफ्नो बिहे इन्टिमेट राख्ने निर्णय गरेका छन् । फरहान र शिवानीले आफ्ना नजिकका आफन्त र परिवारको मात्र उपस्थितिमा बिहे गर्ने निर्णय गरेका छन् ।

सूत्रका अनुसार फरहान र शिवानीले बिहेका लागि फाइभ स्टार होटल बुक गरिसकेका छन् । यसबाहेक उनीहरुले बिहेको बारेमा धेरैजसो कुरा फाइनल गरिसकेका छन् । रिपोर्टका अनुसार बिहेमा फरहान र शिवानी दुवैले डिजाइनर सब्यसाचीले डिजाइन गरेका पहिरन लगाउनेछन् । फरहान र शिवानी ३ वर्षदेखि सम्बन्धमा छन् । शिवानीले फरहानको नामको ट्याटु पनि बनाएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *