कर्मचारीमा कोरोना देखिएपछि पाल्पा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द
पाल्पा। पाल्पा अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ।
अस्पतालका निमित्त मेसुसहित १० जना कर्मचारीको पीसिआर परीक्षण गर्दा ९ जना कर्मचारीमा संक्रमण देखिएपछि अस्पतालले सूचना निकालेर २४ घण्टे डेलिभरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र रेफर बाहेकका सबै चिकित्सकीय सेवाहरु पूर्ण रुपमा बन्द गरिएको जनाएको छ।
अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेका अनुसार मेसुसहित ६ जना मेडिकल अधिकृत, एकजना डेन्टल सर्जन, एक जना पारामेडिक्स र एक जना ल्याब टेक्निसियनमा लक्षणसहितको कोरोना पुष्टि भएर आइसोलेशन बस्नु परेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि सेवा बन्द गरिएको हो।
पाल्पामा पछिल्लो केही दिन यता संक्रमितको संख्यामा पनि वृद्धि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कुल २६ जना कोरोनाका सक्रिय संक्रमित रहेकोमा एक जनाको अस्पताल तथा बाकी २५ जना होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment