बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

डिसी नेपाल
२१ पुष २०७८ १०:४२

ललितपुर। ललितपुरको कुपण्डोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। साथै,एक जना घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा९५प ५३३४ नम्बरको मोटरसाइकल गएराति सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार मंगलबजार बस्ने ललितपुरकै गोदावरी नगरपालिका–९ छम्पीका ३१ वर्षीय राजु तामाङको उपचारको क्रममा आज बिहान तीन बजे पाटन अस्पतालमा मृत्यु भएको हो ।

महाशाखाका अनुसार मोटरसाइकल चालकको भने महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *