दैलेखमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
२१ पुष २०७८ १२:५९

सुर्खेत। दैलेखमा बुधबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जिप चालक दैलैख भगवतीमाई गाउँपालिका-६ का ३० वर्षीय कृष्ण रोकाको मृत्यु भएको हो ।

भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिपमा तीन जना महिला पाँच जना पुरुष र दुई जना बच्चा गरी १० जना सवार रहेको प्रहरीले जानकारी दिए । घाइतेको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *