अनलाइन ठगी गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

डिसी नेपाल
२१ पुष २०७८ १५:२१

काठमाडौं । भक्तपुरबाट प्रहरीले अनलाइन ठगी गरेको आरोपमा एक जनालाई  पक्राउ गरेको छ । ठगी गरेको आरोपमा  भक्तपुरको गठ्ठाघर बस्ने मोरङको पथरी शनिश्वरे नगरपालिका–१०, मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

विभिन्न व्यक्तिहरूका फेसबुक आईडी ह्याक गरी आईडीमा भएका व्यक्तिहरूलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *