आमाले १ दिनको बच्चालाई सडकमा छोडिन्, साथमा सबैलाई रुवाउने चिठी लेखेर राखिदिइन्

डिसी नेपाल
२१ पुष २०७८ १६:२६

काठमाडौं। सन्तान जस्तो भए पनि आमाको मन सन्तानप्रति अत्यन्तै विशाल र उदार हुन्छ भन्ने हामीले मान्दै आएका छौं । आमाले जस्तोसुकै परिस्थितिमा पनि सन्तानको रक्षा गरेको हामीले देख्दै आएका छौं । तर, कहिलेकाहीँ परिस्थिति र बाध्यताले यस्ता घटनाहरु पनि भएका भेटिन्छन् जहाँ स्थिति अलग हुन्छ । अमेरिकाको अलास्कामा यस्तै घटना भएको छ ।

यहाँ एक बच्चा निर्जन स्थानमा कार्टुनभित्र राखिएको अवस्थामा फेला परेका छन् । ती बच्चाको साथमा एउटा पत्र पनि भेटिएको छ जुन पत्र उनकी आमाले लेखेर राखिदिएकी थिइन् । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । बच्चालाई आमाले अत्यन्तै चिसो मौसममा लावारिस छाडेर गएकी थिइन् । जतिबेला यी बच्चालाई अरु मानिसले फेला पारे त्यतिबेला त्यहाँको तापक्रम १२ डिग्रीभन्दा पनि कम थियो । आमाले बच्चालाई ठिक त्यही दिन आफूबाट अलग गरिन् जुन दिन उनी जन्मिएका थिए ।

न्यूयोर्क पोस्टका अनुसार नयाँ वर्षको अघिल्लो दिन ३१ डिसेम्बरमा बच्चा र उनको साथमा उनकी आमाले लेखेको पत्र फेला परेका हुन् । पत्रमा आमाले आफूले बच्चालाई खुवाउन नसक्ने लेखेकी छिन् । यस बारेमा अलास्का स्टेट ट्रुपर्सको तर्फबाट बयान पनि जारी भएको छ जसमा बच्चा भेटिएको जानकारी साझा गरिएको छ । बच्चा फेयरबेंक्सकी रोक्सी लेनले फेला पारेकी हुन् । उनैले भिडियो सामाजिक संजालमा शेयर गरेकी थिइन् । बच्चालाई अहिले नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

बच्चाको साथमा उनकी आमाले छोडेको पत्रमा आमाले बच्चाको तर्फबाट लेखेकी छिन् ‘मलाई सहयोग गर्नुहोस् । मेरो जन्म ३१ डिसेम्बरमा १२ हप्ता पहिल्यै भएको हो । मेरा मातापिता र हजुरबुवा हजुरआमासँग मलाई खुवाउनको लागि पैसा छैन । मेरी आमा धेरै दुखी छिन् । मलाई कसैले आफ्नो साथमा लैजानुस् ताकि मैले पनि एक राम्रो परिवार पाउन सकुँ । मेरा मातापिताले तपाइँहरुसँग प्रार्थना गरिरहेका छन् । मेरो नाम तेशावन हो ।’

बच्चा फेला पारेर उनको भिडियो फेसबुकमा शेयर गर्ने लेनले फेसबुकमा सम्भवतः बच्चाका मातापितालाई अलास्काको सेफ हेभेन लबारे जानकारी नभएको हुन सक्ने लेखेकी छिन् । यो कानुनअनुसार यहाँ यदि कुनै अभिभावकले आफ्नो बच्चा आफूसँग राख्न चाहँदैनन् भने उसलाई नजिकको अस्पतालमा पठाउन सक्छन् । यसबाहेक बच्चालाई चर्च, पुलिस वा फायर स्टेशनमा पनि दिन सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *