ऋचा शर्माकाे ‘कौसिद’काे टिजर सार्वजनिक
काठमाडौं। अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेकाे फिल्म ‘कौसिद’को टिजर सार्वजनिक भएको छ। कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सन सकाउँदै टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए। निर्देशक भास्करका अनुसार फिल्म प्रदर्शनको तयारी पनि भइरहेको छ ।
टिजरमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन् । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।
फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । फिल्मको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।
निर्देशक भास्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment