‘राज्यको पुनःसंरचना प्रविधिमैत्री हुनु आवश्यक छ’

डिसी नेपाल
२५ पुष २०७८ २१:२५
28
Shares

काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला एवं योजना मन्त्री शालिकराम जम्कट्टेलले राज्य पुनःसंरचना बन्ने संरचना प्रविधिमैत्री हुनुपर्ने बताएका छन् । एकीकृत प्रगतिशील इञ्जिनीयर समूह निर्वाचन परिचालन समितिको कार्यक्रममा आज मन्त्री जम्कट्टेलले विश्वमा नयाँनयाँ प्रविधिको विकास भएसँगै नेपालमा पनि बन्ने संरचनामा प्रविधिको विकास एवं जडानलाई जोड दिनुपर्ने बताए । उनले इञ्जिनीयर राज्य संरचना निर्माणका निर्माणकर्ता भएकाले पनि प्रविधिसँग जोडिनुपर्ने बताए ।

नेपाल इञ्जिनीयरिङ सङ्घको विधान संशोधन गरी उम्मेदवारीको सम्बन्धमा कायम गरिएको विभेदकारी उमेर हद खारेज गरी सम्पूर्ण सदस्यले उम्मेदावरी दिन पाउने व्यवस्था पुनः स्थापित गर्नुपर्ने सङ्घीय पदका उम्मेदवार इञ्जिनीयर डा हरिराम पराजुलीले बताए। यसैगरी स्वादेश तथा विदेशमा छरिएर रहेका इञ्जिनीयर सदस्यलाई नेइए र यसका गतिविधिसँग प्रत्यक्ष जोड्ने संयन्त्र विकासलगायत काम गरिने जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *