काठमाडौंका सिडिओलाई कोरोना संक्रमण

डिसी नेपाल
२६ पुष २०७८ २१:२१

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ । सोमबार पिसिआर परीक्षण गर्दा कोरोना देखिएको रिजालले जानकारी दिए ।

स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनले बताए । कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *