फरक क्षमता भएका व्यक्ति हेयका पात्र होइनन्

डिसी नेपाल
२७ पुष २०७८ ७:३९

नेपाली समाज अझै कति संर्किण छ भन्ने कुरा चलचित्र मंगलम हेरे पुग्छ। मैले जतिबेला यो चलचित्र हेरेँ त्यसपछि मेरो मन छियाछिया भयो।

नेपालमा विशिष्ट क्षमता भएका नागरिकहरूको हक हितका लागि उनीहरुको अवस्था र आवस्यकतालाई बुझेर सकारात्मक सन्देश फिँजाएर उनीहरुको जीवनयापनमा मिल्दासम्म सहजता ल्याउने र समाजमा विशिष्ठ क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परितर्वन ल्याउन चलचित्रले सहयोगी भूमिका निर्वाहको अपेक्षा गरिन्छ।

तर उक्त चलचित्रमा मानिसको जीवनम आइपरेको संवेदनशील अवस्थालाई काल्पनिक कथाबस्तुमात्र बनाइएको छ, जसले नेपालमा रहका विशिष्ट क्षमता भएका मानिसहरुप्रति अन्याय र विभेद गरेको छ।

कथाकार, साहित्यकार, रचनाकार, निबन्धकार, निर्माता, कलाकार आदि इत्यादि व्यक्तित्वसँग सम्बन्धित सबैसँग के आग्रह गर्न चाहन्छु भने मानवलगायत कुनै पनि प्राणीको बाध्यता, चोट, ब्यथा, पीडा जस्ता कुरालाई तपाईँहरूले सार्वजनिक मनोरञ्जन, सन्तुष्टि, व्यापार, विलासिता आदि इत्यादिको साधन र श्रोत नबनाई दिनु होला।

यदि यस्ता विषयलाई लिएर तपाईंहरु कुनै सामाग्री तयार पार्नुहुन्छ भने तपाईँ त्यस विषयको निचोडमा पुग्नोस् र निकास निकाल्न तपाईँ आफूहरूपनी लागि पर्नुहोस् र राज्यलाई पनि जबाफदेही बनाउन दबाब दिनुहोस्।

दुखको कुरा राज्य किन यतिसम्म निरीह छ। मैले पटक पटक अपाङ्गताको सवालमा कुरा उठाइ रहेको छु। राज्यले पीडितलाई आवश्यकता अनुसार सेवा सुविधा र अवसर उपलब्ध गराओस्। यदि पीडितलाई सेवा सुविधा उपलब्ध गराउन सक्दैन भने राज्यले इच्छा मृत्युको कानुन बनाएर लागु गरोस्।

कतिपयले दोस्रोको बाध्यता, चोट, ब्यथा, पीडा जस्ता कुरालाई तपाईँहरू आफ्नो व्यक्तिगत मनोरञ्जन, सन्तुष्टि, व्यापार, विलासिताको साधन स्रोत बनाइ रहनु भएको छ नि त्यसबाट प्राप्त भएको लाभबाट पीडित पक्षलाई सन्तुष्टि दिने कार्य गर्नुहोस् नत्र यस्ता विषयवस्तु सार्वजनिक गर्ने काम नगर्नुहोस्। यो एक प्रकारको सार्वजनिक अपराध हो यस्तो आपराधिक क्रियाकलाप गर्नेहरूलाई तुरुन्त कारबाही गर्न राज्यसँग अपिल गर्दछु।

दुखको कुरा राज्य किन यतिसम्म निरीह छ। मैले पटक पटक अपाङ्गताको सवालमा कुरा उठाइ रहेको छु। राज्यले पीडितलाई आवश्यकता अनुसार सेवा सुविधा र अवसर उपलब्ध गराओस्। यदि पीडितलाई सेवा सुविधा उपलब्ध गराउन सक्दैन भने राज्यले इच्छा मृत्युको कानुन बनाएर लागु गरोस्।

राज्यले पीडितको यथार्थ साथै अत्यावश्यक विषयमा सम्बोधन गर्नतिर वास्ता नगरेर उल्टै पीडितको असहज अवस्थाको खिल्ली उडाउने व्यावसायिक सामाग्रीहरू निर्माण गर्ने स्वीकृति किन दिन्छ ? यो बिसायलाई सबैले गंभिरता पूर्वक सोचिदिनुहुन सबैसँग हार्दिक अनुरोध गर्दछु।

विश्वको अन्य मुलुकमा विशिष्ट क्षमता भएका व्यक्तिलाई राज्यले सम्मान गर्ने गरेको छ। सभ्य समाजमा फरक क्षमता भएका व्यक्तिलाई हेयको दृष्टिले होइन, सम्मानको दृष्टिले हेरिन्छ, तर दुर्भाग्य हाम्रोमा फरक क्षमता भएका व्यक्तिलाई हेय र हेलाको दृष्टिकोणले हेर्ने र राज्यले बेवास्ता गर्ने परम्पराको अब अन्त्य हुनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *