थारु गीत ‘ओ सजन’को सिक्वेलमा पल र कविताको लभ क्यामेस्ट्री
काठमाडौं। युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ। पहिलो भागलाई युट्युबमा ३१ लाख बढीपल्ट हेरिएको छ।
थारु भाषामा प्रेमी/प्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ। गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन्।
रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा अभिनेता पल शाह फिचर्ड छन्। गीतमा उनी र मधेशी समुदायबाट उदाएकी मोडल कविता रायको क्यामेस्ट्री देख्न सकिन्छ । गीतको शब्द र संगीत पनि नरेश जोगीकै हो। गीतमा सहकलाकारका रुपमा कृष्ण जोशी, जुरी ठाकुर, विद्या कार्की, लोकेन्द्र राज चौधरी पनि फिचर्ड छन्।
गीतको भिडियोमा विक्रम चौहानले निर्देशन र कोरियोग्राफी गरेका छन् । ‘ओ सिजनको पहिलो भागलाई धेरै मन पराएपछि दोस्रो भाग ल्याएका हौं,’ थारु गायक जोगीले भने, ‘अब यसलाई सिनेमाकै स्वरुप दिने विषयमा पनि छलफल भइरहेको छ । पल र कविताजी पनि यसमा सकारात्मक हुनुहुन्छ। छिट्टै सार्वजनिक गर्नेछौं ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment