मल बिक्री केन्द्र सल्यानका जुनियर सहायकमाथि १८ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं । साल्ट ट्रेटिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानका तत्कालीन जुनियर सहायक विजय कुमार पासवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पासवानविरुद्ध १८ लाख, ७६ हजार ६६४ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जको रुपमा कार्यरत रहँदा आफूखुशी व्यक्तिगत खातामा रकम जम्मा गरेर हिनामिना गरेको भन्दै निजबाटै असुल उपर मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको अख्तियाका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पासवानमाथि भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार मुद्दा दायर भएको छ । पासवानले मलकोे नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा रकम हिनामिना गरेको खुलेको विज्ञप्तिमा उल्लेख छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment