कञ्चनपुमा एकै दिन कोरोनाबाट १२८ सङ्क्रमित

डिसी नेपाल
३० पुष २०७८ ६:४८

कञ्चनपुर। यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ। कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन्।

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पिसिआर परीक्षणबाट आठ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो।

भीमदत्त नगरपालिकाका १२, दोधोरा चाँदनी नगरपालिकाका दुई, बेदकोट नगरपालिका दुई, बेलौरी नगरपालिकाका एक, शुक्लाफाँटा नगरपालिकाका तीन, पुनर्वास नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक र गडडाचौकी हुँदै भारतबाट फर्केका १०५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। एक हप्ताको अवधिमै यहाँ कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५५८ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *