बुलेटप्रुफ गाडी चढ्छन् यी सेलिब्रेटी
काठमाडौं। बलिउडका सेलिब्रेटीहरू आफ्नो व्यावसायिक कामबाहेक बिलासी जीवन बिताउन उतिकै चर्चित छन्। उनीहरू लक्जरी गाडीमा सवार हुन मन पराउँछन्। बलिउडका केही कलाकारसँग त बुलेटप्रुफ गाडी नै छ।
अभिनेता आमीर खानसँग मर्सिडिज एस ६०० गार्ड नामको बुलेटप्रुफ कार छ। बलिउडकी बोल्ड अभिनेत्रीमध्ये एक कंगना रनावतसँग बीएमडब्ल्यू ७ सिरिज गार्ड कार छ । जुन आफैंमा बुलेटप्रुफ हो।
ग्लोबल स्टार प्रियंका चोपडासँग रोल्स रोयस फेन्टम छ। जुन बुलेटप्रुफ हो। उनी भारत आएको बखत यही गाडीमा यात्रा गर्छिन्। बलिउडका किंग खान शाहरूख खानसँग कैयौं बिलासी गाडी छन्। तीमध्ये उनीसँग मर्सिडिज–बेञ्ज एस ६०० गार्ड बुलेटप्रुफ कार छ।
अभिनेता तथा राजनीतिज्ञ सनी देओलसँग ओडी एड र रेञ्ज रोवर अटोबायोग्राफी जस्ता कैयौं बिलासी गाडी छन्। जबकि उनलाई मनपर्ने गाडी ओडी हो, किनकी यो बुलेटप्रुफ छ। बलिउडका हेण्डसम हंक ऋतिक रोशन मर्सिडिज बेञ्ज बी क्लास गाडी छ । जुन बुलेटप्रुफ हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment