युट्युबमा कुनै भिडियो १० अर्बभन्दा धेरै पटक हेरिएको अद्भूत रेकर्ड बन्यो

डिसी नेपाल
२ माघ २०७८ १५:३७

काठमाडौं। पछिल्लो समय सामाजिक संजालमा एउटा गीत निकै ट्रेन्ड गरिरहेको छ । यो गीत साना बालबालिकाको हो । यो गीतले एक विश्वरेकर्ड पनि बनाएको छ । १३ जनवरीमा यो गीत युट्युबको इतिहासमै १० अर्ब पटक हेरियो । यससँगै यो भिडियो १० अर्ब पटक हेरिएको पहिलो र अहिलेसम्मको एकमात्र भिडियो बनेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार दक्षण कोरियाली शैक्षिक मनोरञ्जन फर्म पिंकफोंगले बनाएको ‘बेबी शार्क’ गीतलाई कोरियाली अमेरिकी गायिका होप सेगोइनले गाएकी हुन् । गो तीत २०१६ मा रिलिज गरिएको थियो । नोभेम्बर २०२१ मा यो गीतलाई ७.०४ अर्ब पटक हेरिएको थियो । त्यतिबेलै यो युट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियो बनेको थियो ।

युट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियोको सूचीमा दोस्रो स्थानमा डेस्प्यासिटो छ । पोर्तो रिकोका गायक लुइस फोन्सीको ल्याटिन पप गीत डेस्प्यासिटोलाई युट्युब प्लेटफर्ममा जनवरी २०१७ मा प्रकाशित गरिएको थियो । यो भिडियोलाई अहिलेसम्म ७.७० अर्ब पटक हेरिएको छ । यो सूचीमा तेस्रो स्थानमा जोनी जोनी यस पापा गीत छ । यो पनि बेबी शार्कजस्तै बालबालिकाको गीत हो । २०१६ मा प्रकाशित यो गीतलाई युट्युबमा ६.१० अर्ब पटक हेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *