स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न माग

डिसी नेपाल
३ माघ २०७८ १५:०१

काठमाडौं। स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न स्थानीय तहको छाता संगठनहरुले माग राखेको छ। मंगलबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न ध्यानाकर्षण गराएका छन्।

स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम २०७४ सालमा तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकोले दोस्रो कार्यकालका लागि तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

‘संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहिन स्थानीय तहको परिकल्पना गरेको छैन र स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने पनि व्यवस्था गरेको छैन संविधानले नै जनप्रतिनिधिबिनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था गरेको छैन र म्याद थपको पनि व्यवस्था गरेको छैन। ’पत्रमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *