१४ जिल्लाका सिडिओसहित २३ जना सहसचिव र उपसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित सहसचिव र उपसचिव तहका २३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार १४ जना सहसचिव र ९ जना उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो। यससँगै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालय मातहतका निकायहरूमा कार्यरत उच्च अधिकारीहरूको नयाँ पदस्थापन र काज सरुवा भएको छ।
गृह मन्त्रालयका अनुसार शान्ति सुरक्षा, प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन गरिएको हो। सरुवा भएका कर्मचारीहरूलाई तत्काल नयाँ कार्यक्षेत्रमा खटिन निर्देशन दिइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment