अभिनेत्री सामन्थालाई यशराज ब्यानरबाट तीन फिल्मको अफर

डिसी नेपाल
४ माघ २०७८ १३:३०
1.5k
Shares

काठमाडौं। अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन्। उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज ‘द फेमिली मेन सिजन २’बाट हिन्दीमा डिजिटल सुरुवात गरिन् । यो सिरिजमा उनको अभिनयले सबै प्रभावित भए।

यो सिरिजमा काम गरेपछि सामन्थालाई उनका फ्यानहरू बलिउडमा पाइला चालेको हेर्न चाहेका छन्। उनलाई बलिउडका धेरै फिल्मबाट अफर पनि आइरहेका छन् । प्राप्त खबरअनुसार उनलाई यशराज फिल्म्सले आफ्ना तीन ठूला फिल्ममा अफर गरेको छ।

उनलाई यशराज फिल्म्सले निकै महँगो पारिश्रमिकमा आफ्ना तीन फिल्ममा अनुबन्धको प्रस्ताव गरेको हो। अभिनेत्रीले पनि यी फिल्ममा अभिनयको चासो देखाएकी छन् । यद्यपि अभिनेत्री र प्रोडक्सन हाउसले यो विषयमा स्वतन्त्र पुष्टि गरेको छैन।

सामन्था चाँडै नै ‘द फेमिली मेन’का निर्देशक राज र डीकेका साथ सिटाडेलको स्पिन-अफमा काम गर्दैछिन्। उनको हातमा ‘काथु वकुला रेंडु काधल’ (तमिल), ‘शाकुंतलम’ (तेलुगु), ‘यशोदा’ (तेलुगु), र ‘अरेन्जमेन्ट अफ लव’ (इन्टरनेसनल डेब्यू) जस्ता कैयौं प्रोजेक्ट छन्।

सामन्था पछिल्लोपटक ‘पुष्पाः द राइज’मा आइटम गर्लका रूपमा देखिएकी थिइन् । उनले यो गीतका लागि पाँच करोड पारिश्रमिक लिएकी थिइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *