इन्धनको मूल्य बढ्यो, पेट्रोलको भाउ प्रतिलिटर १३९ रुपैयाँ

डिसी नेपाल
५ माघ २०७८ २०:२८

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलरमटितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । गत कात्तिक २४ गते पनि निगमले मूल्य बढाएको थियो ।

यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३९ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ १२२ रुपैयाँ पुगेको छ । हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ ।

खाना पकाउने ग्यासको भने मूल्य यथावत राखिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *