एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म पाइन्छ भर्न ?

डिसी नेपाल
६ माघ २०७८ ८:३७

काठमाडौं। एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र भर्ने म्याद थप गरिएको छ। अब लगानीकर्ताहरुले माघ १७ गतेसम्म उक्त ऋणपत्रमा आवेदन दिन पाउने छन्।

बैंकले माघ ३ गतेदेखि १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको हो । बैंकले बिक्री खुल्ला गरेको ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता छुट्याएको छ । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले ८ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री खुल्ला गरेको हो । यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यपिटलले गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *