सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ५९ प्रतिशतले बढ्यो, सबै सूचक सकारात्मक

डिसी नेपाल
६ माघ २०७८ ९:२२

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेका विवरण अनुसार बैंकको खुद नाफा ५९ प्रतिशतले बढेको छ।  गत वर्ष को यही अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले यस वर्ष बढाएर २६ करोड १८ लाख रुपैयाँबढी पुर्याएको छ।

बैंकको खुद  ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ। बैंकको खुद ब्याज आम्दानी ७९ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ। गत बर्सको यहि अवधिमा बैंकले ५४ करोड २१ लाखमा सीमित भएको थियो। यस्ता, बैंकको सञ्चालन नाफा ६८.१६ प्रतिशतले बढेर ३७ करोड ४१ लाख रुपैयाँ कमाएको छ।

समीक्षा अवधिमा सांग्रीला बैंकले ४५ अर्ब ९२ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ४१ अर्ब ७९ करोड बढी निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको थियो । बैंकको चुक्ता पूँजी २ अर्ब ७३ करोडबाट बढेर ३ अर्ब १ करोड माथि पुगेको छ । भने रिजर्भ कोष पनि बढेर ७२ करोड ४२ लाख पुगेको विवरणमा उल्लेख छ।

यो दोस्रो त्रैमाससम्ममा बैंकको प्रति सेयर आम्दानी पनि बढेको छ। प्रति सेयर आम्दानी १२ रुपैयाँ ६५ पैसाबाट बढेर १७ रुपैयाँ ३९ पैसा पुगेको छ । बैंकको सीडी रेसियो ८५.६५ प्रतिशत, आधार दर १०.०८ प्रतिशत, कस्ट अफ फण्ड ७.४३ प्रतिशत रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ रु. १३०.९७, मूल्य आम्दानी अनुपात २३.९८ गुणा, तरलता अनुपात २०.८६ प्रतिशत, क्यापिटल एडेक्वेसी रेसियो १२.८० प्रतिशत रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *