७ बाट निर्माण कम्पनीलाई कालोसूचीमा राखियो

डिसी नेपाल
६ माघ २०७८ ९:४८

काठमाडौँ। ७ कम्पनीलाई कालोसूचीमा राखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले माघ ६ गतेदेखि लागु हुनेगरी ७ वटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको हो।

कालो सूचीमा पर्ने कम्पनीहरूमा गजराज बालन योगीको बालन बद्रर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, बिज्ञानकुमार अर्यालको डाइग्नेकेम– जय शम्भु जेभी, निहाल गुरुङको ग्रिन टेक प्रोजेक्ट प्रालि, चेतबहादुर बुढाको एसएनसी निमार्ण सेवा प्रालि, इनामुल्लाह फकिरको शाह निमार्ण सेवा प्रालि र रञ्जन रायमाझीको आरोग्य कन्ट्रक्सन प्रालि छन् ।

निर्माण व्यवसायी/आपूर्तिकर्ताहरु १ देखि ३ वर्षसम्म कालो सूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ । उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *