निफ्राको खुद नाफा २५.६६ प्रतिशतले बढ्दा प्रति सेयर आम्दानी घट्यो

डिसी नेपाल
६ माघ २०७८ १०:२५

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७७/७८को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको तुलनामा २५.६६ प्रतिशतले बढी हो। गत वर्षको यहि अवधिमा  बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो दोस्रो त्रैमाससम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशत र सञ्चालन मुनाफा २५.५७ प्रतिशत बढेको छ। बैंकको जगेडा कोष ७.५९ प्रतिशत बढेको छ भने निक्षेप तथा सापटी १३३.७५ प्रतिशत र कर्जा ६५.२१ प्रतिशत बढेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको प्रति सेयर आम्दानी १ रुपैयाँ ४४ पैसाले घटेर ४ रुपैयाँ ४३ पैसामा  सिमित भएको छ।  गत वर्षको यहि अवधिमा बैंकले प्रति सेयर आम्दानी ५ रुपैयाँ ८७ पैसा रहेको थियो। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८८.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *