ग्लोबल आइएमई लघुवित्तको खुद नाफा २२.२५ प्रतिशतले बढ्यो, इपिएस कति ?

डिसी नेपाल
६ माघ २०७८ १३:२९

काठमाडौँ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा २२.२५ प्रतिशतले बढी हो। गत वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी ५५.९९ प्रतिशतले बढेर ३० करोड ३७ लाख पुगेको छ । यता, सञ्चालन मुनाफा १३.१२ प्रतिशत बढेको छ।

यो दोस्रो त्रैमाससम्ममा कम्पनीको निक्षेप ५८.५० प्रतिशतले बढेर २ अर्ब ५२ करोड पुगेको छ । भने, सापटी ४७.७८ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड पुगेको छ। हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड २५ लाख रहेको छ भने रिजर्भमा ३६ करोड ५४ लाख पुगेको छ ।

कम्पनीको खुद नाफा बढे पनि प्रति सेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १९ रुपैयाँ ६० पैसाले घटेर ५३ रुपैयाँ ५३ पैसा सिमित भएको छ।  कम्पनीको मुल्य आम्दानी अनुपात ३४.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ १३ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *