पाँच कम्पनीले पाए आइपिओ जारी गर्ने अनुमति

डिसी नेपाल
६ माघ २०७८ १४:४८

काठमाडौँ। ५ कम्पनीले आइपिओ जारी गर्ने अनुमति प्राप्त गरेको छ। बुधबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले ५ वटा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो ।

ग्रिन भेञ्च, बलेफी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्रिय उत्थान लघुवित्त, नेसडो समृद्ध लघुवित्तले आईपीओ जारी गर्ने अनुमति प्राप्त गरेका हुन् ।

ग्रिन भेञ्चरले स्थानीय र सर्वसाधारणलाई गरेर ६२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । यस्तै, बलेफी हाइड्रोले ३६ लाख ५५ हजार ९४० कित्ता, नेसडोले ८ लाख २८ हजार ७५० कित्ता, राष्ट्र उत्थानले ८ लाख ५० हजार कित्ता र जाल्पाले ५ लाख २२ हजार कित्ता सआइपिओ जारी गर्ने अनुमति पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *