३२.९६ अंकले बढ्यो नेप्से परिसूचक, ३ कम्पनीको सेयरमा सर्किट

डिसी नेपाल
६ माघ २०७८ १५:१७

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ३२.९६ अङ्कले बढेर २ हजार ९३१.२६ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २२ करोड २० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार २ सय १७ रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : अपि पावर कम्पनी र शिखर इन्स्योरेन्सको कारोबार भएको छ ।

आज सबैभन्दा बढी मैलुङ्ग खोला जलविधुत र तेह्रथुम पावर कम्पनी र बुद्ध भुमि नेपाल हाइड्रोपावरको भएको छ। मैलुङ्ग खोला जलविधुत र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बुद्ध भुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *