सुदूरपश्चिमः थप ५३४ जनामा कोरोना सङ्क्रमण

डिसी नेपाल
६ माघ २०७८ २२:१६

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा थप ५३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार २८६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआरमार्फत २३९ र एन्टिजेनमार्फत २९५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, महाकाली अस्पतालमा ५०, जिल्ला अस्पताल बाजुरामा २२ र एन्टिजेनमार्फत कैलालीमा ९८, कञ्चनपुरमा ९४, बाजुरामा ६, दार्चुलामा २, बझाङमा १०, बैतडीमा ५, डोटीमा ३१, डडेल्धुरामा ३८ र अछाममा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जना कोरोनाबाट निको भएका छन् । उक्त अवधिमा प्रदेशमा कोरोनाबाट कोसैको पनि मृत्यु भएको छैन । यसैबीच आज सङ्क्रमण पुष्टि भएका ५३४ जनामध्ये १५५ जना भारतबाट घर फर्किएका व्यक्ति हुन् । प्रदेशको गौरीफन्टा नाकामा ७४, गड्डाचौकी नाकामा ७६, झुलाघाटमा चार र पुलघाट नाकामा एका जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसअघि बुधबार प्रदेशमा ४७७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १९ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *