कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला

डिसी नेपाल
७ माघ २०७८ ८:३८

काठमाडौं। कर्पोरेट डेभलपमेन्ट बैंकको  १५० प्रतिशत हकप्रद सेयर आज (माघ ७ गते)देखि बिक्री खुल्ला भएको छ । बैंकले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।

बैंकले प्रति कित्ता १०० रुपैयाँको दरले ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । लगानीकर्ताले उक्त हकप्रद सेयरमा माघ २७ गतेसम्म आवेदन दिने पाइने छ ।

बैंकको यस हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्ने भएको छ । कम्पनीको उक्त हकप्रद सेयरमा लगानीकर्ताले सिभिल क्यापिटल मार्केट तथा सिभिल बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै,नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *