एनआईसी एशिया बैंकको खुद नाफा १६.५७ प्रतिशतले बढ्यो, वितरण योग्य नाफा कति ?

डिसी नेपाल
७ माघ २०७८ १०:५४

काठमाडौँ। एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७८/७९ को पौष मसान्तसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले २ अर्ब ४० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा १६.५७ प्रतिशतले बढी हो। बैंकको वितरण योग्य मुनाफा ८५ करोड ९३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३२.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा भने १२.५९ प्रतिशत बढेको छ। पौष मसान्तसम्ममा बैंकको निक्षेप २.७६ प्रतिशत बढेको छ भने कर्जा ५.२९ प्रतिशत बढेको छ । सो अवधिमा बैंकको जगेडा कोष २३.६८ प्रतिशत वृद्धि भएको छ।

बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८१ पैसाले बढेर ४१ रुपैयाँ ५४ पैसा पुगेको छ। गत सोहि अवधिमा बैंकको प्रति सेयर आम्दानी  ३५ रुपैयाँ ७३ पैसा रहेको थियो। यस्तै,बैंकको मूल्य आम्दानी अनुपात २१.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *