अन्टार्कटिकाको सफल आरोहणपछि विश्व कीर्तिमानी छाङदावा र टासिलाक्पा शेर्पा दाजुभाइ नेपाल फर्के
काठमाडौं। अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमाल ४,८९२ (मिटर) को सफल आरोहणपछि छाङदावा र टासिलाक्पा शेर्पा काठमाडौं आइपुगेका छन्।चिली समयअनुसार जनवरी १३ बेलुका ६ः३० बजे कीर्तिमानी आरोहीसमेत रहेका दाजुभाइ मिङमा, छाङदावा र टासिलाक्पा शेर्पाले अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमालको एकैपटक आरोहण गरेका हुन्।
तीन नेपाली दाजुभाइले अन्टार्कटिकाको द लास्ट डिग्री–द साउथ पोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमालको सफलतापूर्वक आरोहण गरेका हुन्। संखुवासभा जिल्लाको मकालु गाउँपालिकाका मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र टासी लाक्पा शेर्पा डिसेम्बर १३ मा काठमाडौबाट अन्टार्कटिकाकातर्फ प्रस्थान गरेका थिए।सात महाद्वीपका ७ शिखर आरोहण गर्ने लक्ष्यसहित उनीहरु त्यसतर्फ लागेका सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए।
उक्त टोलीले अन्टार्कटिकामा एक महिना बिताइ र उनीहरूले सफलता हात पारी उनीहरु पहिलो नेपाली टोली बनेका छन्।सेभेन समिट ट्रेक्सका सञ्चालकसमेत रहेका तीन दाजुभाइले पहिलोपटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक गुरागाईले जनाए। तीन भाइ मध्ये मिङ्मा र छाङ दावा शेर्पाले विश्वको ८ हजार चढ्ने पहिलो दाजुभाइको नाम गिनिज वर्ल्ड रेकर्ड राखेका छन्।
प्रस्थान गर्नु अघि १३ डिसेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दाजुभाइलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफल प्रयासका लागि शुभकामना दिएका थिए। भिन्सन ९९४,८९२ मिटर० अन्टार्कटिका र दक्षिण ध्रुवको सबैभन्दा अग्लो चुचुरो हो, जसलाई भौगोलिक दक्षिण ध्रुव वा स्थलीय दक्षिण ध्रुुव पनि मानिन्छ।अन्टार्कटिकाको सबैभन्दा अग्लो हिमाल (द लास्ट डिग्री–द साउथ पोल एण्ड माउन्ट भिन्सन)दक्षिण ध्रुवबाट ७०० समुद्री माइलको दूरीमा एल्सवर्थ पर्वतमा पर्छ।


No ads found for this position


Facebook Comment