प्रभु बैंकको खुद नाफा घट्यो, वितरण योग्य नाफा ५३ करोड मात्रै

डिसी नेपाल
७ माघ २०७८ १३:५०

काठमाडौँ। प्रभु बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १६.९० प्रतिशतले घटेको छ। गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्षको सोहि अवधिमा १ अर्ब २६ करोड २० लाख रुपैयाँमा सिमित भएको छ ।

बैंकको खुद नाफा घटेसंगै वितरणयोग्य नाफा पनि ४६.३७ प्रतिशतले घटेर ५३ करोड रुपैयाँमा खुम्चिएको छ। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने केहि बढेको छ।  बैंकको खुद ब्याज आम्दानी ४ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २ अर्ब १४ करोड ६९ लाखबाट घटेर १ अर्ब ८६ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ । बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन आम्दानी घट्दा बैंकको खुद नाफामा असर परेको हो।

यो पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन घटेको छ भने कर्जा लगानी बढेको छ। बैंकको निक्षेप संकलन ०.७६ प्रतिशतले घटेर १ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ भने कर्जा लगानी ५ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। १२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैयाँ छ।

बैंकको खुद नाफा घटेसंगै प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९१ पैसा घटेर १९ रुपैयाँ ८६ पैसा कायम भएको छ । गत बर्षको सोहि अवधिमा बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ७७ पैसा रहेको थियो। बैंकको खराब कर्जा २.०६ प्रतिशतबाट घटेर १.२३ प्रतिशतले पुगेको छ भने  प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५४ पैसा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *