‘एफएलएफ अवार्ड’को मनोनयन सार्वजनिक

डिसी नेपाल
८ माघ २०७८ ८:१२
116
Shares

काठमाडौं। फाल्गुनन्द लिङदेन फिल्मस्ले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ। लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरेको हो।

अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता फोम्बो, रुपा आङबुहाङ, ‘नायक’मा हेमराज आञ्छाङबो, भीम थेबे लिम्बु, नरेश बनेम मनोनयनमा परेका छन्।

त्यस्तै ‘गायिका’मा निरन्ता नेम्बाङ, मनु नेम्बाङ, मिलन नेवार, ‘गायक’मा संगम बनेम लिम्बु, सुमन लिम्बु, नरेश बनेम, ‘छायांकन’मा युवराज राई, इशक जबेगु, तिलक रिजाल मनोनयनमा परेका छन्।

राजधानीमा शुक्रबार आयोजित मनोनयन सार्वजनिक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तथा पूर्वमन्त्री देव गुरुङले पूर्व मेजर जनरल होमकुमार लावती, रत्न लिङदेन लावती, आशा नेम्वाङ, नितु नेम्बाङ लगायतलाई सम्मान गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *