खनालको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक

डिसी नेपाल
८ माघ २०७८ १८:१२

काठमाडौं। लोक दोहोरी गायक तथा पत्रकार रामप्रसाद खनालको नयाँ गीत सार्वजनिक भएको छ । गायक खनालकै शब्द तथा स्वर रहेको ‘तिम्री आमा, मेरी आमा’ गीतमा सुरेश अधिकारीको संगीत रहेको छ ।

१४ बर्षदेखि अमेरिका बस्दै आएका उनको यो दोस्रो पारिवारिक, सामाजिक  सन्देश बोकेको गीत हो ।गीतमा घर र माइतीमा एउटै व्यवहार गर्न तथा श्रीमान र आफ्ना आफन्त तथा नातेदारलाई समान व्यवहार गर्न श्रीमतीलाई आग्रह गरिएको छ । उक्त भिडियोमा श्रीमतीको भूमिका भने कलाकार कमला रेग्मीको रहेको छ । सो भिडियो निर्मल शर्मा ‘गैंडा’ले निर्देशन गरेका हुन् । राजु केसीको छायाङ्कन, गौतमराज खड्काको सम्पादन रहेको भिडियो निर्देशक शर्मा र अन्य कलाकार समेतको अभिनय छ । केही अगाडि अमेरिकाबाट नेपाल फर्किएका खनालले एकसाथ ७ गीतको तयारी गरेका थिए । ति गीत मध्य पहिलो ‘हे कृष्ण, हे राम’ धार्मिक भजन गतसाता सार्वजनिक भएको थियो ।

अग्रज लोक दोहोरी गायक खनाल तिनै व्यक्ति हुन जसले नेपालमा लोक गीत र दोहोरी गीतलाई गाउँ बाट सहर र देश बाट विदेश सम्म पुराएर र यो क्षेत्रको विकास गरेर लोक दोहोरी क्षेत्रको अभिभावकत्व ग्रहण गरेका छन् । उनकै सक्रियतामा नेपालमा मेला महोत्सबमा दोहोरी प्रबेश गरेको थियो भने डान्स, गजल रेस्टुरेन्टहरुलाई दोहोरी साँझमा परिणत गर्दै त्यसलाई व्यवसायीकरण गरिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *