के फेरि मिल्दैछन् सामन्था र नागा ?

डिसी नेपाल
९ माघ २०७८ ८:३९
3.5k
Shares

एजेन्सी। दक्षिण भारतीय फिल्म उद्योगका लोकप्रिय जोडी अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले सन् २०२१ अक्टोबर २ मा अलग हुने घोषणा गरेका थिए । जुन घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो।

जोडीले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै आफूहरु अलग्गिएको पुष्टि गरेका थिए। यद्यपि सामन्थाले भने हालैका दिनमा आफ्नो सामाजिक सञ्जालबाट अलग्गिएको पोस्ट हटाएकी छन्।

उनले पोस्ट हटाउनासाथ कतै उनीहरु फेरि मिल्न त लागेका होइनन् भन्ने अड्कलबाजी गरिएको छ। फ्यानहरुले जोडी आफ्नो मतभेदलाई भुलेर पुनः नयाँ जीवन सुरु गर्न लागेको अनुमान लगाएका छन्।

सामन्थाले पोस्ट डिलिट गरेपछि कुनै प्रतिक्रिया दिएकी छैनन्। यो जोडी विवाहको चार वर्षपछि अलग्गिएका हुन्। अलग्गिएपछि सामन्थाले आफ्नो एकाउण्टबाट केही पोष्ट हटाइरहेकी थिइन् । त्यही बेला उनीहरुको संयुक्त विज्ञप्ती पनि हटेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *