बैंक अफ काठमान्डूको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

डिसी नेपाल
९ माघ २०७८ ९:१८

काठमाडौं। बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा झिनो वृद्धि गरेको छ। बैंकले  ७१ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यहि अवधिको तुलनामा १.५२ प्रतिशतले बढेको हो । गत वर्षको सोहि अवधिमा बैंकले ७० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा ३६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ। गत वर्ष १ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी यस वर्ष ९.२९प्रतिशतले बढाएर १ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै,सञ्चालन नाफा भने ९.२१ प्रतिशतले घटेर ९३ करोडमा सिमित भएको छ। गत वर्ष बैंकको सञ्चालन नाफा १ अर्ब रुपैयाँ थियो।

पुस असोज मसान्तसम्ममा बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलनगरेको छ भने १ खर्ब ३ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा घटेर ०.८२ प्रतिशतमा झरेको छ । गत वर्ष खराब कर्जा १.८२% रहेको थियो । कस्ट अफ फन्ड ६.४५% छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५४ पैसा (वार्षिक) रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *