आइतबार घट्यो सुनको मूल्य, प्रति तोला कति ?

डिसी नेपाल
९ माघ २०७८ ११:२१

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ ।

शुक्रबार प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो।शुक्रबार चाँदी प्रति तोला १ हजार ३ सय २५ रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २७ रुपैयाँ ५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *