लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
९ माघ २०७८ ११:३७

काठमाडौँ। लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरूको नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यसमा कम्पनीका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् ।  यसको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौँमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त सेयर खरिद गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *