कैलालीको गोदावरी नगरपालिका एक साता बन्द

डिसी नेपाल
९ माघ २०७८ १३:३०

धनगढी। कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका एक साता बन्द हुने भएको हो।

आइतबार सूचना जारी गर्दै नगर प्रशासनले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरिएको उल्लेख गरेको छ ।नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो ।

सरसफाई, स्वास्थ्य र दमकल लगायतका अति आवश्यक सेवा भने सो अवधिमा पनि नियमित हुने सुचनामा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *